रोल्पा ,१७ साउन ।  सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको रोल्पाको घर्तीगाउँ सेवा केन्द्रको पुनःस्थापनामा सम्बन्धीत निकायले बेवास्ता गरेको भन्दै स्थानीयले आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

Rolpa-hamrakura.jpgजिल्ला प्रशासन कार्यालय रोल्पामा ध्यानाकर्षण पत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्लाका राजनीतिक दलहरुले बेवास्ता गरेको भन्दै आन्दालनको घोषणा गरेको स्थानीयको भनाई छ ।

गृहमन्त्रालयले सेवा केन्द्र पुनःसञ्चालनका लागि एक जना शाखा अधिकृत पठाइसकेको भएता पनि प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका राजनीतिक दलहरुको लापरबाहीले सेवाकेन्द्र पुनःस्थापना हुन नसकेको स्थानीयको गुनासो छ ।।