नेपाल खाद्य संस्थानका जाजरकोट स्थित डिपोमा १६ वर्षपछि कर्मचारी गएका छन् । रग्दाको चौखा खाद्य डिपोमा खरिदार चेतमान कठायत, नायकवाडाको घाट खाद्य डिपोमा नायब सुब्बा दीपक अर्याल र पजारुको घोगी खाद्य डिपोमा कमानसिह राना १६ वर्षपछि कर्मचारीको रुपमा गएका हुन् ।

nepal-khadya-sasthanतर दशेरामा डिपोमा भने अझै कर्मचारी गएका छैनन् । २०५७ सालमा तत्कालिन माओवादीका कारण विस्थापित भएका खाद्य डिपो लोकतन्त्रको स्थापनासँगै २०६३ सालमा पुनस्र्थापित भएपनि कर्मचारी गएका थिएनन् । खाद्य डिपो पुनस्र्थापना भएपनि ढुवानी अनुदानको चामल ठेकेदारले लिने र आफैले बेच्ने गरेका थिए । डिपोमा कर्मचारी नहुँदा अधिकांश ठेकेदारले ढुवानी अनुदानको चामल बाटोमै बेच्ने गरेका थिए । डिपोमा कर्मचारी गएसँगै चामल ढुवानी र वितरणमा सहजता आएको छ ।।