घोराही । यहि साउन २५ गते परेको २०औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ घोराही समन्वय समितिका उपाध्यक्ष टेकमान बुढामगर र त्रिपुर नगरपालिका समन्वय परिषदका उपाध्यक्ष धु्रव बुढाको सयुक्त रुपमा बसेको वैठकले आदिवासी दिवसलाई भव्य र सभ्य रुपमा मनाउने निर्णय गरेको हो ।

international-day-of-worlds-indigenous-peoples-002त्रिपुर नगरपालिकाको सौडिकुलामा मनाउने कार्यक्रममा आ–आफ्नो भेषभुषामा उपस्थीतिका लागि वैठकले सवैमा अनुरोध गरेको छ । दिवसलाई सफल बनाउनका लागि घोराही क्षेत्रमा घोराही समन्वय परिषदवाट सुबाष पुन र त्रिपुर क्षेत्रमा त्रिपुर समन्वय परिषदवातट बेदबहादुर बुढामगरलाई सयोजक चयन गरेको छ ।