बर्दिया १७ साउन । बबई नदि गाउँमा पस्ने खतरा खतरा छ । बाढीले कटान तीव्र पारेपछि बबई नदी गाउँ पस्ने खतरा बढेको हो । बाढीले बबई नगरपालिका ७, ८ र ९ नं वडामा तीव्र कटान गरी धार परिवर्तन गरेपछि बाढी गाउँ पस्ने खतरा बढेको हो ।

dodhara

बबई सिँचाइ आयोजनाको पश्चिम नहरको पाँच मिटर नजिकसम्म बाढीले कटान गरेको छ । उक्त नहर नजिकै बबई नगरपालिका–८ को खैलार गाउँ रहेको छ ।

नदी गाउ पस्नलाई रोक्न अहिले पहल थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दाले नदी गाउ पस्नबाट रोक्न अस्थायी तटबन्धको प्रयास थालेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले जानकारी दिनुभयो ।।