इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले अबैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ मिलनचोक बस्ने २५ वर्षका रन्जित रसाइली रहेका छन् ।
उनले अबैध सुनको कारोबार गर्ने गरेको सूचना पाएको प्रहरीले खोजतलास गर्दै जाँदा माघ २५ गते बेलुका ट्राफिक चोकबाट ४९७ दशमलव शून्य ४ ग्रामका दुई वटा सुनका सिक्री, एक सुनको गोली र नगद एक लाख ७ हजार ८०० रुपैयाँसहित पक्राउ गरिएको हो ।
साथै उनी सवार लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रसाइलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताएका छन् ।











