रणबहादुर खड्का। – “Code for Change” नेपालभरिका विभिन्न कलेजका विद्यार्थीहरूको सहकार्यमा गठन गरिएको एक गैर-नाफामूलक संस्था हो, जसको उद्देश्य आईटी विद्यार्थीहरू र उद्योगका बिज्ञहरूलाई एकसाथ ल्याउनु हो। कोड फर चेन्जले  विश्वास गर्छ कि विद्यार्थीहरूलाई उनीहरूको करियरका लागि आवश्यक सीपहरू प्रदान गर्नुपर्छ। यसै सन्दर्भलाई महसुस गर्दै, आदरणीय अग्रज दाइहरुले “Code for Change” को थालनी गर्नु भएको हो , जसले विद्यार्थीहरूलाई अवसर र प्लेटफर्म प्रदान गरेको छ ।

विगत ५-६ वर्षमा, कोड फर चेन्जले आईटी विद्यार्थीहरूलाई लक्षित गर्दै राष्ट्रव्यापी ह्याकाथन, कार्यशाला, र प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिसकेको  छ । कोड फर चेन्ज सुरुवाती दिनमा काठमाडौ , पोखरा , दाङ र बुटवलमा स्थापन गरिएको थियो । जसमा म सुरुवाती दिन देखि नै जोडिएको थिए । हाम्रो दाङको पहिलो प्रोजेक्ट लिड सागर भण्डारी दाइ हुनु हुन्थ्यो । त्यतिबेला म कलेज प्रतिनिधि भएको थिए । जिन्दगीमा पहिलो पटक अन्तरबार्ता दिदा एकदमै रोमाञ्चक अनुभव भएको थियो । त्यो बर्ष हामिले थुप्रै काम गरेका थियौ ।

त्यसपछि अर्को बर्ष सङ्गम शर्मा प्रोजेक्ट लिड हुनु भयो र म त्यो बर्ष HR लिड भए । त्यो बर्ष हामी कोभिड-१९ ले गर्दा लकडाउन हुदा केही महत्त्वपूर्ण कार्यक्रम नै गर्न सकेनौं । एकातिर लकडाउन र अर्को तर्फ त्यो बर्ष केही पनि महत्त्वपूर्ण कार्यक्रम गर्न सकेका थिएनौं त्यही कारण थुप्रै साथीहरू यस सस्थाबाट टाढा हुनु भएको थियो । अर्को तर्फ सस्था नै दाङबाट हटाउने जस्तो कुरा पनि आएको थियो यस्तो प्रतिकुल समयमा म नेतृत्व सम्हाल्न पुगेको थिए । त्यो भन्दा पहिले म सङ्ग पनि कुनै नेतृत्व सम्हालेको अनुभव पनि थिएन । म आफुलाइ भाग्यशाली ठान्दछु कि आदरणीय अग्रज दाइ हरुले पदाधिकारी चयन गर्दा मेरो पनि सल्लाह सुझाव लिनु भएको थियो । त्यो बर्ष मलाइ ३ वटा कार्य गर्नुपर्ने महत्त्वपूर्ण थियो , एक आफुलाइ नेतृत्वकर्ताको रुपमा स्थापित गर्ने , दोस्रो CFC लाई अरु कलेजमा स्थापित गर्ने र तेस्रो केही महत्त्वपूर्ण र बिद्यार्थीका लागि कार्यक्रम गर्ने । मेरो नेतृत्वमा दाङ्गमा सुचना प्राविधि पढाई हुने राप्ती इन्जिनियरिङ्ग , ज्ञानदिप र अम्बिकेश्वरीका साथिहरु जोडिनु भयो । त्यो बेला मैले  महेन्द्र बहुमुखी क्याम्पसका भाइ बहिनीलाई पनि भनेको थिए , बिबिध कारण उहाँहरु  बोर्डमा जोडिन सक्नु भएन तर पछि हरेक कार्यक्रममा जोड्न सफल भयौ । मैले यसलाइ आफू नेतृत्वम रहदा भएको उपलब्धि ठान्दछु । मेरो कार्यकालम केही महत्त्वपूर्ण कार्यक्रमहरु कोड फर चेन्ज दाङले आयोजना गरेको थियो ।

जस्तै Tech Talk on Data engineering , Workshop on Video editing , Introducing Our Git and Github for 3 days workshop , Linkedln profile build up, Level up your skill with flutter , WordPress Workshop आयोजना गरेका थियौ । उक्त कार्यक्रममा प्रशिक्षक भएर विभिन्न ब्याक्तीले सहयोग गर्नु भएको थियो । सबै सहयोगि मनलाइमा अहिले पनि हृदय देखि धन्यवाद दिन चाहान्छु । माथी उल्लेखित कार्यक्रमले दाङमा सूचना प्राविधि पढाई हुने कलेजका बिद्यार्थीलाई एकदम सहयोग गरेको थियो ।  हामीले विशेष गरि बोर्ड पदाधिकारी र कलेज प्रतिनिधिलाई अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थियौ साथै Workshop on Report writing , workshop on proposal writing र experience sharing session on journey to machine learning भब्य तरिकाले आयोजना गरेका थियौ । उक्त कार्यक्रमका लागि मेरो कार्यसमितिलाई Core Team बाट राम्रो सहयोग गरेको थियो ।

म आफुलाइ सौभाग्यशाली ठान्दछु कि दाङको पहिलो प्रोजेक्ट लिड जसले प्रोजेक्ट लिड मिट अपमा भाग लिएको थिए । मैले त्यति बेला ख्याति प्राप्त प्रशिक्षक बाट प्रशिक्षण लिने मौका पाएको थिए । साथ साथै दराज , F1 soft  जस्ता विभिन्न software बनाउने कम्पनी भिजिट गर्ने मौका पाएको थिए । विभिन्न प्रशिक्षक बाट नेतृत्व बिकास देखि , ब्यबस्थापन सम्मको  प्रशिक्षण लिने मौका पाए । सायद त्यही प्रशिक्षणले पछि स्ववियु सभापति भएपछि धेरै सहयोग गर्यो ।त्यो मिट अपमा सबै क्षेत्रबाट आउनु भएका प्रोजेक्ट लिड सङ्ग आफ्नो बिचार हरु साझेदारी गर्न पाउँदा र उहाँहरुको बिचार सुन्न पाउँदा ज्यादै खुसी लाग्यो । त्यही प्रशिक्षणले मलाइ सधैंव गालि र तालिको ध्यान नदिएर नया काम गर्न पर्छ भन्ने प्रेणा दियो ।

तत्कालीन समयमा मलाइ एकदमै सहयोग गर्नुहुने मेरो सचिव मिलन भण्डारी , Tech Lead हरिनारायण चौधरी , कोषाध्यक्ष कबिता पौडेल तथा राप्ती इन्जिनिरिङ्गका प्रतिनिधि नबराज पोख्रेल र राजन भण्डारी हुनु हुन्थ्यो । हामी सबैले स्रोत साधन निकै सिमित हुदा पनि एकजुट भएर कार्यक्रम गर्ने गर्दथ्यौ । साच्चै भन्नू पर्दा हामीसङ्ग त्यो बेला आर्थिक स्रोत धेरै कम थियो । मेरो कार्यकाल अन्त्य हुदा केही रकम बचत गरेर नया कार्यसमितिलाई हस्तान्तरण गरेका थियौ । नेतृत्व गर्दा सधैभरी सहि गरिन्छ भन्ने पनि हुदैन कहिलेकाही केही कमिकमजोरी भए होलान तर त्यसलाइ सधैं सुधार गर्ने प्रयास गरे । मलाइ तत्कालीन समयमा कोड फर चेन्ज दाङको मुख्य सल्लाहकार भएर सल्लाह सुझाव दिनुहुने आदरणीय दाइ खेमराज बस्नेत दाइ हुनु हुन्थ्यो ।

उहाँले सधैंव नया कार्यक्रम गर्न प्रेणा दिनु हुन्थ्यो । उहाँको सल्लाह सुझावले गर्दा नै फेरि एकपटक यश सस्थालाइ सहि ठाउँमा ल्याउन सफल भएका थियौ ।  अन्तमा मलाई CFC को प्रोजेक्ट लिड हुदा सहयोग गर्नुहुने सल्लाहकार ज्यु , तत्कालीन बोर्डका साथिहरु , गुरुहरु तथा मलाइ सदैव साथ दिने Metamind का संचालक सङ्गम शर्मालाइ विशेष धन्यवाद ज्ञापन गर्न चाहान्छु ।  ( लेखक अम्बिकेश्वरी क्याम्पसका स्ववियु सभापति तथा CFC Dang का पुर्ब प्रोजेक्ट लिड हुन )