प्यूठान । प्यूठानको मल्लरानी गाउँपालिका ३ धरमपानीमा शंकास्पद वस्तु विस्फोट हुँदा एक जना बालक घाइते भएका छन्। शनिबार दिउँसो साढे २ बजे धरमपानीस्थित एक घरनजिकै शंकास्पद वस्तु विस्फोट हुँदा ११ वर्षीय बालक घाइते भएका हुन् ।
घाइते बालकको प्राथमिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सोही ठाउँ अनुसन्धानका लागि खटिएको प्रहरीको टोलीले गहुँबारीमा दुई वटा थप शंकास्पद वस्तु फेला पारेको बताएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुई वटै शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।
