दाङ । नेपाल शिक्षक महासङघका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जारी संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन फेरि एक पटक शिक्षक आन्दोलन आवश्यकता रहेको बताएका छन् ।
नेपाल शिक्षक संघ दाङको आज शनिबार घोराहीमा भएको २६ आंै प्रतिनिधि सभाको उदघाटन गर्दै सुस्त गतिमा रहेको ऐन छिटोभन्दा छिटो जारी गराई दिगो शैक्षिक जनशक्ति मार्फत गुणस्तरीय शिक्षाका लागि शिक्षा ऐन जारीको देशसग कुनै विकल्प नरहेको बताए । यदि शिक्षा ऐन जारी गर्न आनाकानी गरिए शिक्षकहरु आन्दोलनका लागि तयार रहेको चेतावनी दिए ।
शिक्षा ऐन जारी गर्ने सन्दर्भमा महासंघ सफलताको नजिक पुगेको बताउदै उनले २०८२ सालसम्म देशभर स्थायी शिक्षक हुने र गुणस्तरीय शिक्षा प्रदानको वातावरण हुने विश्वास व्यक्त गरे ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट नेपाल शिक्षक संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद न्यौपाने, नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका संस्थापक अध्यक्ष अर्जुन कुमार योगी, नेपाल शिक्षक संघ संघीय कार्यसमितिका पूर्व उपाध्यक्ष अमरबहादुर खड्का, शिक्षक संघ केन्द्रीय कार्यसमितिकी उपमहासचिब सुशीला सुवेदी, शिक्षक महासंघ दाङका अध्यक्ष युबराज बस्नेत, लुम्बिनि प्रदेश सचिब गणेश रिजाललगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।
