घोराही । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको २२ औँ साधारण सभा घोराही सम्पन्न भएको छ । समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाको अध्यक्षता एवं पूर्व अध्यक्ष यादव शाहको प्रमुख आतिथ्य एवं सल्लाहकार सुरेश हमाल र पूर्वअध्यक्ष मिनराज वलीको विशिष्ठ आतिथ्यमा साधारण सभा शनिवार सम्पन्न भएको होे ।

साधारण सभा उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले देशमा देखिएको आर्थिक मन्दिका कारण उद्योगहरु पूर्ण रुपले सञ्चालन हुन नसक्दा ट्रक व्यवसायी एवं मालमाहक सवारी साधनहरुले भोग्नुपरेका बताएका थिए । सडक स्तरउन्नति नहुँदा मालबाहक सवारी साधनको मर्मतमा आर्थिक भार पर्न गएको बताउदै उनीहरुले भारतिय मालबाहक साधनहरु देशभर निर्वाद रुपमा सवारी धनीहरुलाई प्रत्यक्ष असर परेको बताएका थिए । साथै उनीहरुले यातायात व्यवसायी एक भएर अगाडी बढ्न आवश्यक रहेको पनि बताएका थिए ।

सो अवसरमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिका प्रशासनिक सचिव शुभाष श्रेष्ठले यातायात व्यवसायीहरुको हकहितका लागि समितिले काम गर्दै आएको बताए ।सभामा कोषाध्यक्ष हिमन्त प्रसाद पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।