इन्द्रेणी संवाददाता
घोराही उपमहानगरपालिकाले पालिका भित्रको फोहोर उठाउने जिम्मा निजी कम्पनीलाई दिएको छ । यस अघि आफै कर्मचारी राखेर फोहोर उठाउने गरेको पालिकाले यस वर्षदेखि फोहोर उठाउने जिम्मा दिएको हो ।

उपमहानगरपालिकाले जिम्मेवारी दिए लगतै निजी कम्पनी सगरमाथा मल्टी सर्भिसेज देव सरसफाई सेवाका कर्मचारीहरु नागरिकको घरघरमा गएर कर उठाउन थालेका छन । उपमहानगरपालिकाको यो निर्णय संगै उप्रान्त निजी कम्पनीले फोहोर उठाउने छ भने नागरिकहरुबाट चर्को शुल्क समेत उठाउने वैधानिक बाटो खुलेको छ ।

निजी कम्पनीलाई फोहोर उठाउने जिम्मेवारी दिएको समाचार बाहिरिएपछि घोराहीका नागरिकहरुमा समेत आक्रोश फैलिएको छ । नगरपालिका आफ्नो जिम्मेवारीबाट पन्छिदै निजी कम्पनीलाई मोटाउने गरि निर्णय गरेपछी उक्त्त निर्णयको विरुद्धमा नागरिकहरुले सामाजिक संजालमा आक्रोश पोख्न थालेका छन ।

नगरपालिकाको यो निर्णय विरुद्ध नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष उदय जिएम यस्तो लेख्छन:-
१) रु. १० जति पर्ने यो कागजलाई रु. १००/- तिराउने रैछन । नाफामध्यको रु. ९० कताकता पुग्ने हो ?
२) घरको लम्बाई, चौडाई, उचाई नापेर प्रति स्क्वाएर फुट ०.६५ का दरले प्रतिमहिना तिर्नुपर्ने ।
३) घरमा जतिवटा पसल छन्, सबैले छुट्टाछुट्टै फोहरको शुल्क तिर्नुपर्ने ।
४) फोहर उठाउनका लागि फरक फरक प्रकृतिका व्यापार व्यवसायका लागि फरक फरक शुल्क निर्धारण ।
५) फोहरको शुल्क नतिरेमा फोहर नउठाइने ।
६) फोहरको शुल्क नतिरेमा आफैले बोकेर फाल्न जानुपर्ने ।
७) कुनै दिन सरकारी काम आइलागेमा उक्त शुल्कमा हर्जाना हानेर असुल उपर गरिने ।
८) घोराहीको फोहर उठाउने जिम्मा व्यक्तिलाई ।
९) अन्तिममा नगरपालिका, पार्टी जम्मै ठेक्कामा दिएर आफूबाहेक सबै ठेक्कामा दिने प्रवल सम्भावना ।