बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका ७ ताराताल बस्ने ५१ वर्षिया जुनाकुमारी लामिछानेको ज्यान गएको हो ।
भारतीय सीमा ताराताल क्षेत्र नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा अवस्थामा लामिछानेलाई चितुवाले आक्रमण गरेको थियो ।
घाँस काटिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गर्दा उनको घाँटीमा चोट लागेको थियो । तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
