काठमाडौं । नेपाल कानुन आयोगले महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्याउने प्रस्ताव गरेको छ ।
आयोगले हाल महिलामाथि हुने साइबर अपराधको उजुरीको हदम्याद ३५ दिनबाट बढाएर ९० दिन पुर्याउने गरी ऐन बनाउन प्रस्ताव गरेको हो । विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७४ मा उजुरी गर्ने हदम्याद सम्बन्धी व्यवस्था छ ।
उपदफा १ मा भनिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा वा यो ऐन बमोजिम कसूर ठहर्ने कुनै कुरा भएकोमा त्यस्तो उल्लंघन वा कसूर भए गरेको थाहा पाएको मितिले ३५ दिनभित्र उजुर गर्नु पर्नेछ ।’
आयोगले यसका लागि यौनजन्य हिंसाविद्धका केही नेपाल ऐन संशोधन विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।
