इन्द्रेणी संवाददाता
दाङ, ४ बैशाख
पहिलो पटक सल्यान, रुकुम र दाङको योङ स्टार युवाक्लव विच मैत्रिपुर्ण क्रिकेट प्रतियोगीता हुने भएको छ । नयाँ वर्षको अवसरमा बैशाख ६ देखी ९ गतेसम्म जिल्ला क्रिकेट संघ सल्यानको आयोजनामा “फस्ट टि–ट्वान्टी न्यु इयर ट्रफि” हुन लागेको हो ।

krickert

सल्यानलाई खेलमा स्थापित गर्ने तथा सल्यान, रुकुम र दाङको क्रिकेट विकासमा टेवा पु¥याउने उद्ेश्यले आयोजित प्रतियोगीता खलंगा स्थित त्रिभुवन जनता माविको लुहापिङ मैदानमा हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो ।

पहिलो पटक आयोजना गरिएको त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेट प्रतियोगीता यस क्षेत्रको क्रिकेट विकासमा कोशेढुंगा सावित हुने अध्यक्ष हमालले विश्वास व्यक्त गर्नुभयो । खेल मैत्रीपुर्ण भनिएपनि पुरस्कारको व्यवस्थाका लागी पहल भैरहेको बताईएको छ । प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सल्यान क्रिकेट संघले जनाएको छ ।।