नारायणपुर, ४ वैशाख । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा नारायणपुरमा जारीे ‘त्रिपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७२’ मा शनिवार सबैभन्दा धेरै दर्शकहरुले महोत्सवले अवलोकन गरेका छन् । ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमुल्य योगदान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा शनिवार सबैभन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सव आयोजक मुल समितिले जानकारी दिएको छ । शनिवार करिब १० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजकन गरेका थिए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत शनिवार सुगम संगीतका लोकप्रिय गायक स्वरुपराज आचार्य, गायक मेक्सम खाति, गायीका विणु खत्री, गायक टोपेन्द्र विष्ट, हास्य कलाकार कमल गाउले, डान्सर विजय पुन लगायतका कलाकारले आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा गायक स्वरुपराज आचार्यले दर्शकहरुको अत्यधिक माया पाउनुभयो ।
महोत्सवमा आईतवार पनि केन्द्रिय कलाकारहरुको विजोड प्रस्तुति रहने छ । जसमा लोकदोहारी चर्चीत गायक रामजी खाँड, गायक एवं मोडल सन्दिप न्यौपाने, मोडलहरु विजय थापा, ऋचा थापा, मोडल कविता बानिया, गायीका एवं मोडल आयुषा राई, मोडल शशीकला राई, लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक धनेश्वर आचार्यले जानकारी दिनुभयो ।