घोराही,४ बैशाख । नयाँ बर्ष २०७३ को सालको उपलक्षमा नेपाल पत्रकार महासघ दाङ शाखाले शनिवार लक्ष्मीपुर–५सवारीकोटमा आयोजना गरेको सुभकामना आदान प्रदान तथा पर्यटकिय गन्तव्य सवारीकोटको प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सवारीकोटको विकास लागि भौतिक पूर्वाधारहरुको विकास गर्न आवश्यक रहेको बताएका छन ।
पर्यटकिय सम्भावना बोकेको जिल्लाकै महत्वपुर्ण क्षेत्रका रुपमा सवारीकोट भएपनि राज्यले ध्यान नदिदा सवारीकोटको विकास हुन नसकेको भन्दै बक्ताहरुले पर्यटकिय क्षेत्र सवारीकोटको विकासका लागि सञ्चार माध्यमहरुले सम्वन्धीत निकायहरुलाई झक्झकाउनुपर्ने बताएका थिए । राज्यले विकासका नाममा नमुना मगरग्राम र होमस्टे घोषणा बाहेक उक्त क्षेत्रको अन्य पूर्वाधरणहरुको विकसमा ध्यान दिन नसकेको बताएका थिए । कार्यक्रममा बोल्दै सासद राजु खनालले सवारीकोटको विकासका लागि राज्यको ध्यान सवारीकोटमा पुग्न आवश्यक रहेको बताउनुभएको थियो । ‘ राज्यले सवारीकोटलाई नमुना मगरग्राम तथा होमस्टेको लागि आवश्यक पूर्वाधारको विकास नै नगरी घोषणा गर्दा सञ्चालनका लागि समस्या भएको भन्दै सासद खनालले नमुना मगरग्राम र होमस्टेका लागि आवश्यक पर्ने पूर्वाधार विकासमा ध्यान दिन राज्यलाई अनुरोध गर्नुभएको थियो । सवारीकोटको विकासका लागि सवैभन्दा पहिले सडक निर्माणको आवश्यकता रहेको भन्दै सासद खनालले सडक निर्माणका लागि जिल्ला विकास समिति तथा गाविसले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कुवेर कडायतले पर्यटकिय दृष्टिले सम्भावना बोकेको क्षेत्र सवारीकोट भएको भन्दै सवारीकोटको विकास लागि सञ्चार माध्यमको भुमिका आवश्यक रहेको बताउनुभएको थियो । सवारीकोटको पर्यटकिय विकासका लागि पूर्वाधारहरुको विकास आवश्यक रहेकोको भन्दै प्रमुख कडायातले सवारीकोटको विकास लागि सञ्चारकर्मीहरुले लेखेर सम्वन्धीत निकायलाई दवाफ दिनुर्पे बताउनुभएको थियो । त्यस्तै नमुना मगरग्राम सवारीकोटका अध्यक्ष कृष्णबहादुर बुढाले सडक तथा खानेपानीको समस्याका कारण आफुहरुलाई होमस्टे सञ्चालनमा कठिनाई परेको भन्दै सडक,खानेपानीको व्यवस्था गरिदिन सम्वन्धीत निकायलाई अनुरोध गर्नुभएको थियो । ‘ होमस्टे सञ्चालनका लागि स्थानीय मगर समुदायसँग ज्ञानको अभावसँगै होमस्टे विकासका लागि राज्यले ध्यान नदिदा आफुहरु निराश भएको अध्यक्ष घर्तीले बताउनुभएको थियो ।’ होमस्टेका लागि आवश्यक ज्ञानको अभावसँगै सडक,खानेपानी,विद्युत,सञ्चाल लगायतको विकास नहुदा होमस्टे सञ्चालन भएको लामो समय वितिसक्दा समेत पर्यटकहरुको आकर्षण हुन नसकेको घर्तिले बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रमबा बोल्ने अन्य बक्ताहरुले सवारीकोट होमस्टेसँगै प्यारागलाईडिङ,धार्मिक गन्तव्य लगायतका दृष्टिले समेत उपयुक्त रहेको भन्दै त्यसका लागि सडक,खानेपानी,विद्यत,सञ्चार,सरसफाई लगायतको विकास हुन आवश्यक रहेको बताएका थिए । पर्यटकिय विकासका लागि अत्यन्त सम्भावना बोकेको क्षेत्र सवारीकोट रहेको भन्दै बक्ताहरुले सवारीकोटको विकासका लागि ध्यान दिन सम्वन्धीत निकाय जिल्ला विकास,गाविस लगायतका निकायहरुलाई अनुरोध समेत गरेका थिए । त्यस्तै बक्ताहरुले आफ्नो ठाउँको विकास लागि स्थानीय जनताहरुको क्रियासितासँगै राज्यले पूर्वाधार विकासका लागि ध्यान दिनुपर्ने बक्ताहरुले बताएका थिए ।
नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष सुदिप गौतमको अध्यक्षताा भएको कार्यक्रममा प्रगतिशिल लेखक सघका केन्द्रीय उपाध्यक्ष पदमप्रसाद शर्मा,नेपाल पत्रकार महासघका दाङ शाखाका पूर्व अध्यक्ष केवी मसाल लगाएतकाले बोल्नुभएको थियो । महासघ दाङका कार्यसमिति सदस्य निमुसगम घर्तिको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागिहरुलाई कोषाध्यक्ष रोशनमान श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव गजेन्द्र बोहराले गर्नु भएको थियो । यसैविच नेपाल पत्रकार महासंघ दाङले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसको आधारमा सरकारले निर्णय गरेको न्यूनतम पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ ।