म को हुँ ?

म छायाँ हुँ कि प्रकाश,
जसले आफैंलाई देख्न
आफ्नै अस्तित्वमा प्रश्न गर्छ।
म शुरुवात हुँ कि अन्त्य,
वा अनन्त यात्राको कुनै मध्यक्षण?
म सत्य हुँ कि कल्पना,
जसले हरेक रात सपना देख्छ,
तर बिहान यथार्थलाई अंगाल्छ।
म प्रेम हुँ कि मोह,
त्यागको मधुर सङ्गीत,
वा स्वार्थको मौन स्वर?
म विचार हुँ कि अनुभूति,
मनको गहिराइ,
वा केवल सतहमा बनेको तरङ्ग?
म पिंजडाभित्रको चरा,
जो आकाशको चाहनाले बाँच्दछ,
वा उडान भइसकेको एक स्वतन्त्र आत्मा?

म गन्तव्य हुँ कि बाटो,
जसले अनन्त खोजी गर्छ,
तर कहिल्यै पूर्ण हुँदैन।
म थोपा हुँ कि महासागर,
एक सीमित संरचना,
वा असीमित शक्ति?

आखिरम को हुँ?
प्रश्नहरूको भीडभित्र,
स्वयं उत्तर खोज्दै,
सधैं अपूर्ण तर
त्यसैमा पूर्ण।

म के हुँ ?
म आफू हुँ,
म जिन्दगीको सार हुँ।
म मृत शब्द मात्र हुँ कि
त्यसभित्रको जीवित अर्थ हुँ ?
म नाम हुँ कि सर्वनाम हुँ ?


म के हुँ ?
म गहिराइ हुँ कि उचाइ ?
म स्वयम् हुँ कि पराइ ?
म यात्री हुँ कि यात्रा ?
म थोपा हुँ कि समुद्र ?
म बाटो हुँ कि गन्तव्य ?
म सुरुवात हुँ कि अन्त्य ?

म सपना हुँ कि यथार्थ?
म प्रश्न हुँ कि उत्तर?
म आगो हुँ कि खरानी?
म आशा हुँ कि निराशा?
म समय हुँ कि स्मृति?

म लेखक हुँ कि पात्र?
म युद्ध हुँ कि शान्ति?
म फूल हुँ कि काँडा?
म बादल हुँ कि पानी?
म प्रकाश हुँ कि अँध्यारो?

म के हुँ ?
म सत्य हुँ कि मिथ्या,
माया हुँ कि केवल भ्रम?
म ज्ञात हुँ कि अज्ञात,
म द्रष्टा हुँ कि दृष्टि,
दृश्य हुँ कि दर्शन,
म रूप हुँ कि अरूप,
म सत्य हुँ कि कल्पना?
म नदी हुँ कि किनारा?


म हुँ त?
यथार्थत: म, मात्र नाम होइन,
जीवनको कथा हुँ,
भावनाको आँधी हुँ,
सपना र सङ्घर्षको संगम हुँ।

म,
सागरझैं गहिरो,
तर कहिलेकाहीं थुनिएको पोखरी,
जहाँ आशा र निराशाको खेल चल्छ।

म,
हावा जस्तै स्वतन्त्र,
तर कहिलेकाहीं जिम्मेवारीले बाँधिएको।
आकाश छुने चाहनाहरू लिएर,
माटोको सुगन्धमा हराउँछु।

म,
सूर्य जस्तै बल्दछु,
तर चन्द्रमाजस्तै शान्त हुन्छु।
कहिले हाँसोको धारा बगाउँछु,
कहिले आँसुको बादल बन्न पुग्छु।

म,
त्यो आवाज हुँ,
जो मौनतामा पनि गुञ्जिन्छ,
त्यो उज्यालो हुँ,
जो अँध्यारोमा पनि चम्किन्छ।