जनक नेपाली /घोराही दाङ 

गोल्टाकुरी ८ कौवाघारी हत्या काण्डको १४ बर्ष पुरा भएको छ । २०५९ साउन १६ गते घरबाट हलोजुवा काट्न भनि जंगल हिडेका स्थानिय दलित युवाहरुलाई राजाकोट टावरको सुरक्षार्थ खटेको तत्कालिन शाही सेनाले सामुहिक रुपमा हत्या गरेको थियो । हत्या भएको लामो समय भैसक्दा पनि हत्यारालाई कारवाही नभएको उनका आफन्तहरुले गुनासो व्यक्त गरेका छन् । सेनाले कौवाघारीका भुपाल नेपाली,रमेश नेपाली, मंगल नेपाली, सोमराज नेपाली, रमेश नेपाली, जोगबहादुर नेपाली, रामलाल नेपाली, रामप्रसाद नेपाली, देवीराम नेपाली, नीपबहादुर नेपाली, रेशम नेपाली, र फुलवारी ५ का खड्कबहादुर विक गरी १२ जना युवाको सामुहिक हत्या गरेको थियो ।

13682404_1004771239644129_653647160_o

त्यो बर्ष पानी नपर्दा अधिकासं खेत बाझै थिए हलो फराई लिन भन्दै भुपाल नेपालीका तीनभाई छोरा सहित  १२ जना विहान ७ बजे जंगल तिर छिरे । त्यसको एकछिन पछि जंगलमा एक्कासी परररर गोली चलेको आवाज आयो सबै गाउँले त्रसित भयौ जंगलमा के भयो भनेर । आफन्त सबैले आ आफ्ना छोरा खोज्दै जंगल छिर्दे गर्दा जंगलका चौकीदारले सेनाले १२ जना माओवादी आतंककारी मरेको भन्दै खुसियाली मनाउन खसी खोज्न पठाउँदा परिवारलाई चौकीदारले भेटेर सबैकुरा भनेपछि बल्ल भुपाल सहित तिन भाई छोराहरुको हत्या भएको आमा बिजुलीले थाहा पाउनुभयो ।

तिनभाईको हत्या भएको खबर सुनेपछी बेहोस भएकी बिजुली नेपाली झण्डै १८ घण्टा पछिमात्र होस् खुल्यो । सारा गाउँनै त्रसित बन्दै गयो गाउँभर सन्नाटा छायो रुवाबासी नै चल्यो तर गाउँको रुवावासी कसैले सुनेन बरु उल्टै सेनाले आएर मार्लाकी भन्ने त्रासले गाउँनै छाड्नु पर्ने अवस्था आयो बिजुलीले भन्नुभयो । कान्छो छोरो मंगलले विवाह गरेको तिन महिना मात्र भएको थियो कलिलै उमेरमा विवाह गरेर घरजम जोड्दै गरेको छोरो मरेको पिडा अहिले सम्म पनी उत्त्तिकै छ विजुलीले भन्नुभयो ।

13682561_1004770546310865_209639293_o

तर छोराहरुको हत्या भएपनि राज्यले हत्यारालाई कारवाही नभएको विजुलीको भनाई छ । नाति नतिनाको पालन पोषण गर्ने र शिक्षादिक्षा कसरी दिने भन्ने मुख्य चिन्ता छ भन्नुभयो । जेठो छोरो भुपालका तिन बहिनी छोरी छन् कसरी पालन पोषण गर्ने वताउँनुभयो । घरको सम्पती पनि छैन काम नगरे खाना पुग्दैन कसरी दिन काटने बिजुलीले बताउँनुभयो । कमाई गर्ने छोरालाई सेनाले हत्या गरिदियो कसरी ज्यान पाल्नु उहाँले थप्नुभयो ।

रमेश की श्रीमती लक्ष्मीले श्रीमानको हत्या संगै परिवारमा ठुलै बज्रपात परेको औल्याउनुभयो । अहिले सम्म श्रीमान देवर लगायतका गाउँका १२ जनालाई हत्या गर्ने माथि कारवाही नगर्नु राज्यले सिङ्गो शहीद माथि बेवास्था गर्दे आएको उल्लेख गर्नुभयो । श्रीमान गुमाउनुको पिडा हुँदाहुँदै पनि एक गाँसका लागि संघर्ष गदै आइरहेको छु, राज्यले सहिद परिवारलाई उपेक्षा गरेको लक्ष्मीको गुनासो रहेको छ । त्यसैले हत्यारालाई कारवाही गर्न सरकार संगमाग गर्नु भएको छ ।