प्युठान, १६ साउन
नेकपा माओवादी निकट युवाहरु बाढी–पहिरोबाट ठूलो क्षति बेहोरेको जिल्लाको फोप्लि जान हिँडेका छन् । राष्ट्रिय युवा जनस्वयंसेवक प्युठानका अध्यक्ष हरि बस्नेतको नेतृत्वमा युवाहरुको टोली त्यसतर्फ जान लागेको हो ।
पीडितको उद्दार र राहतका साथै जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा बासोबासको लागि पहल गर्ने टोली प्रमखु बस्नेतले जानकारी दिनुभयो ।
स्थानीय प्रहरी प्रशासन, राजनीतिक पार्टी अन्य संघ संस्थाहरुसँग सहकार्य गरेर राहत, सरसफाइ, प्राथमिक उपचार र शुद्ध पिउने पानीको व्यस्थापन आफूहरुले प्राथमिकतामा राखेको बस्नेतले वताउनुभयो ।।











