काठमाडौं, १६ साउन । सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सहमतिको सरकारका निर्माणका लागि दिइएको १ हप्ताको समयमा भएका प्रगति बारे राजनीतिक दलका नेताहरूलाई आज बिहान शितल निवासमा भेट गर्नुभयो । उक्त भेटका क्रममा सम्माननीय राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माणका बारेमा चासो राख्दै सबै दललाई राष्ट्रिय सहमतिको सरकार निर्माणका निम्ति सुझाव दिनुभयो ।

Bidhya-Bhandari-1त्यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्डले सम्माननीय राष्ट्रपतिले राष्ट्रिय सहमतिय सरकार निर्माणका लागि दिएको समयमा नेपाल कांग्रेस, एमाले, मधेशी मोर्चा, फोरम लोकतान्त्रिक र राप्रपा लगायत राजनीतिक दलहरूसँग छलफल भएको जानकारी गराउनु भयो ।

राजनीतिक दलहरूका बीचमा छलफल चलाउन सुरुमै एमालेसँग प्रयास गरिएको तर प्राविधिक कारण देखाइ हिजो मात्र छलफल भएको जानकारी गराउनु भयो । उहाँले एमालेसँगको हिजोको छलफलमा नेपाली कांग्रेसको नीति र अन्य कारण देखाइ सहमतिय सरकारमा एमाले सहभागी नहुने जानकारी प्राप्त भएपछि सहमतिको सम्भावना कम भएको बताउनु भयो ।

तर सबै राजनीतिक दलहरू राष्ट्रिय मुद्दामा गम्भीर भएकाले राष्ट्रिय मुद्दामा सहमति हुने कुरा जानकारी गराउनु भयो । साथै अध्यक्ष क. प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आपूm निरन्तर पहल गरिरहने जानकारी पनि गराउनु भयो ।