काठमाडौं । सत्ताधारी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बोलाएको हो ।
बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।











