तुलसीपुर । दाङ पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले तुलसीपुरस्थित टरिगाँउ विमानस्थलको स्तरोन्नतिका लागि पहल गर्ने बताएका छन्।

तुलसीपुर उद्योग वाणिज्य संघ विनिल केसी नेतृत्वमा उनलाई भेटन गएको व्यवसायहरुको टोलीसँग प्रचण्डले विमानस्थलको स्तरोन्नतिका लागि अब आफूले पहल लिने प्रतिबद्धता व्यक्त गरे ।

व्यवसायीहरुले यसअघि माओवादीकै नेताहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदा पहल नगरेको गुनासो सुनाएका थिए। गुनासोको जबाफमा प्रचण्डले भने, “प्राबिधिकपनि केही कारण छन् तर मेन कारण राजनीति थियो। तर, अब चाँही विस्तारै टरिगाँउ एयरपोर्टका बारेमा राजनीतिक तहमा एक रुपता हुँदैछ ।”

अब टरिगाँउ एयरपोर्टको बारेमा छिट्टै निष्कर्षमा पुग्ने पनि प्रचण्डले बताए । व्यवसायीहरुले विमानस्थलको स्तरोन्नतिका लागि पहल अनुरोध गरेका थिए । शुक्रवार विहान तुलसीपुर उद्योग वाणिज्य संघ विनिल केसी नेतृत्वमा व्यवसायहरुको टोली प्रचण्डलाई भेटना पुगेको थियो ।