इन्द्रेणी संवाददाता
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आइपुगेका छन् । जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड दाङ आइपुगेका हुन् ।
उनी आज शुक्रवार आयोजना गरिएकोमाओवादी केन्द्र तुलसीपुरको नगर अधिवेशनमा सहभागी हुँदैछन् । त्यस्तै भोलि विहान घोराहीमा आयोजित पत्रकार भेटघाटमा सहभागी हुने छन् । उनीसँग प्रेस सेन्टर दाङले भोलि विहान साढे ७ बजे घोराहीको मालाइन होटेलमा पत्रकार भेटघाटको आयोजना गरेको छ ।
त्यसैगरी भोलि नै प्रचण्ड माओावदी केन्द्र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । प्रचण्ड अन्य विभिन्न कार्यक्रममा पनि सहभागी हुने माओवादी केन्द्र दाङले जनाएको छ ।











