इन्द्रेणी संवाददाता
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दाङ आउने भएका छन् । भोलि माघ ११ गते माओवादी केन्द्र तुलसीपुर र १२ गते घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउन लागेका हुन् ।

नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यका अनुसार अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा माओवादी केन्द्र तुलसीपुर नगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै १२ गते पार्टीको घोराही नगर अधिवेशनको उद्घाटनसँगै पत्रकार भेटघाट र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको पार्टी सचिव आचार्य बताए ।

यसैबीच माघ १२ गते प्रेस सेन्टर दाङले प्रचण्डसँग पत्रकार भेटघाट राखेको छ । विहान साढे ७ बजे होटेल मालाइनमा पत्रकार भेटघाटको कार्यक्रम रहेको सेन्टर दाङका अध्यक्ष जनक नेपालीले जानकारी दिएका छन् ।