भैरहवा । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार रुपन्देही आइपुगेका छन् ।
मंगलबार अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा आएका लामिछाने बुधबार अदालतमा उपस्थित हुने तय भएको रास्वपा सहकोषाध्यक्ष दीपक बोहोरा बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता एवं लामिछाने पक्षका कानुन व्यवसायी भने केही दिन अगाडि नै रुपन्देही आइपुगेका छन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने बुधबार अदालतमा आफैं उपस्थित हुने तयारी गरेका हुन् । अदालतमा पेस गरिएको अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ सामूहिक बिगो माग दाबी गरिएको छ । त्य
