दाङ । दाङ चेम्बर अफ कमर्शको अध्यक्षमा विकास अग्रवाल सर्ब सम्मत निर्वाचित भएका छन् ।
दाङ चेम्बरको घोराहीमा सम्पन्न विशेष अधिवेशनबाट उपाध्यक्षमा रेशमराज गिरी, महासचिव कृष्णा कार्की, कोषाध्यक्ष चन्द्रदेव बुढा, सचिव नरेन्द्र पुन र सह कोषाध्यक्ष नरेन्द्रनाथ योगी सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा पदम बस्नेत, यादव श्रेष्ठ, शुभाष न्यौपाने, राधा मल्ल, केशव पन्थ, शिव कुमार गुप्ता, राजेश शाह, पुष्पा श्रेष्ठ, निरज कार्की, लिलाधर सोह र माधव प्रसाद घिमीरे निर्विरोध निर्वाचित भएका छन् ।
