बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज सकिएन । बहस नसकिएपछि जिल्ला अदालत रुपन्देहीले भोलि पुनः हुनेगरी हेर्दाहेर्दैमा राखिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो।