काठमाडौँ । आज बसेको मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।

बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो। यसअघि अधिवेशन बोलाउन प्रतिपक्षी दलहरूले माग गर्दै आएका थिए।