दाङ । मानव कल्याण समाज दाङ शाखाले सडक मानवहरुको लागि सहयोगार्थ यही माघ १७ गतेदेखि घोराहीमा सञ्चालन गर्न लागेको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ सफल पार्न दाङका राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ माघ १७ गतेदेखी २४ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगणमा हुने सप्ताह ज्ञान महायज्ञ को विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी राजनीतिक नेतृत्वहरुले महायज्ञ सफल बनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको बैठकमा सहभागी राजनिथितक दलका नेतृत्वहरुले बेसहारा मानवहरुलाई सहयोग गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा एक्यवद्धता जनाउदै सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले मानव कल्याण समाजको यस सडक मानव मुक्त बनाउने अभियानमा सहयोग गर्ने र महायज्ञ सफल बनाउनका लागि लागि पर्ने बताए । एमालेका नेता जीवन गौतमले मानव कल्याण समाजले सडक मानव मुक्त बनाउने उद्धेश्यकासाथ आयोजना गरेको महायज्ञमा एमालेको पूर्ण सहयोग रहने बताए । माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्यले सबैको साथ सहयोगमा महायज्ञ सफल हुने भएकाले सबै पक्षलाई समेटेर अगाडी बढ्न सुझाव दिए । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले मानव सेवा नै जिवनको सबैभन्दा ठुलो सेवा भएको बताए ।

महायज्ञका लागि सह–संयोजक र उपसमिति संयोजक चयन
महायज्ञका लागि आयोजक मुल समितिमा ४ जना सहसंयोजकहरु चयन गरिएको छ । जसमा बिमला योगी, नारायण भुषाल, दानबहादुर बुढाथोकी र शक्तीराम डाँगी रहेका छन् । त्यस्तै सहयोग समन्वय उपसमितिको संयोजक डा. हिमलाल पन्थी, आर्थिक उपसमिति संयोजक सुस्मीता श्रेष्ठ, पूजा आरति व्यवस्थापन उपसमिति संयोजक शारदा पोख्रेल, प्रचारप्रसार तथा सञ्चार उपसमिति संयोजक आर.के.शीतल, संघसंस्था समन्वय उपसमिति (घोराही) संयोजक जीवा भुषाल, संघसंस्था समन्वय उपसमिति (नारायणपुर) संयोजक युवराज पोख्रेल, सामुदायिक विद्यालय समन्वय उपसमिति उत्तम खनाल, निजी विद्यालय समन्वय उपसमति संयोजक निर्मल न्यौपाने, मञ्च व्यवस्थापन उपसमिति संयोजक मीना विष्ट, छन् ।

त्यस्तै योग सञ्चालन उपसमिति संयोजक माधव सुवेदी, सरसफाई व्यवस्थापन उपसमिति संयोजक सुवोध रेग्मी, ¥याली व्यवस्थापन उपसमिति संयोजक कोमा रावत, रक्तदान व्यवस्थापन उपसमिति संयोजक अनिल पौडेल रहनुभएको छ । यस्तै अतिथि सम्मान उपसमिति संयोजक बसन्ता भण्डारी, महिला संघसंस्था समन्वय उपसमिति संयोजक अनिता ढकाल, मातृशक्ति परिचालन उपसमिति संयोजक लक्ष्मी लम्साल, सहकारी तथा वित्तिय संस्था समन्वय उपसमिति संयोजक भगवति शर्मा, युवा तथा स्वयमसेवक परिचालन उपसमिति संयोजक कुलराज पोख्रेल, युवा परिचालन उपसमिति (नारायणपुर) संयोजक जागेश्वर डाँगी, तुलादान समन्वय उपसमिति संयोजक कृष्णा रावत, बजार तथा व्यवसाय समन्वय उपसमिति संयोजक रामदयाल गुप्ता, उद्योगी तथा व्यवसायी समन्वय उपसमिति संयोजक अनिल बस्नेत, साँंस्कृतिक संस्था समन्वय उपसमिति संयोजक लक्ष्मी आचार्य, कलाकार समन्वय उपसमिति संयोजक कमल गाउँले, टोल विकास संस्था समन्वय उपसमिति संयोजक (घोराही) मीना रेग्मी, टोल विकास संस्था समन्वय उपसमिति संयोजक (नारायणपुर) मोहन आचार्य र आमा समूह तथा स्वास्थ्य स्वयंसेविका समन्वय उपसमिति संयोजक धना जि.सी छन् । उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसार काम अगाडी बढाएको महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तले बताए ।