तुलसीपुर १५ साउन । बिश्व बैंकले दाङको सिचाई बिस्तारमा ३१ करोड लगानी गरेको जनाएको छ । सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत बैंकले दुई चरणमा ऋण र अनुदान गरेर ३१ करोड रकम लगानी गरेको सिंचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदार कुमार श्रेष्ठले बताउनुभयो ।

25220494854_01f978afd7नेपाल सरकारसंगको संयुक्त लगानीमा विश्व बैंकले दाङका विभिन्न ११ वटा सिंचाई आयोजनामा लगानी गरेको हो । सोही रकमले विभिन्न स्थानका कच्ची सिंचाई आयोजनाहरुलाई पक्कि निर्माण गरिएको छ । पहिलो चरणमा मलवारे कुलो , बरुवागाउँले कुलो , दोहनी कुलो , छोटे कुलो , पातुखोला पड्ढा, कोरवाङ धनौरी, मानपुरे र वइनरिया सिंचाई आयोजनामा पक्कि संरचना निर्माण गरिएको श्रेष्ठले बताउनुभयो । ति संरचनाहरु निर्माणमा कुल २२ करोड ८२ लाख ५५ हजार रुपैयाँ स्वीकृत भएको थियो ।

जसमध्ये २४ करोड ९४ लाख ७५ हजार रुपैयाँ खर्च भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले किसानको खेतवारीमा सिंचाई सुविधा पुगाउन र किसानको मनोवल वढाउनका लागि सिंचाई आयोजनामा लगानी भएको बताउनुभयो ।