काठमडौ १५ साउन । विश्वकप फुटवल विजेता जर्मनीका कप्तान बास्टिन स्वाइन्स्टाइगरले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन । मिडफिल्डर स्वाइन्स्टाइगरले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन्। सन्यास लिएको घोषणा गर्दै उनले आफुले मुख्य प्रशिक्षकलाई अब राष्ट्रिय टीममा आफुलाई छनोट नगर्न भनिसकेको बताउनु भयो ।

13672575_1355085131185765_1636875568_n

उनले आफ्ना समर्थक, राष्ट्रिय टीम, फुटबल संघ लगायत सबैलाई धनयवाद दिएका छन् । ३१ वर्षे मिडफिल्डर सन् २०१४ मा जर्मनीले विश्वकपको उपाधि जित्दा जर्मन टोलीका उपकप्तान थिए। स्वाइन्स्टाइगर जर्मनीका लागि चौथो सार्वधिक खेल खेल्ने खेलाडी समेत हुन् । उनले जर्मनीका लागि १ सय २० उपाधि जितेका छन् । सन् २००४ मा जर्मनीका लागि डेब्यु गरेका स्वाइन्स्टाइगरले युरोकपमा जर्मनीबाट सर्वा्धिक १८ खेल खेल्ने कीर्तिमान समेत बनाएका छन् ।