तुलसीपुर १५ साउन । नयाँँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराई दाङ आउन लागेका छन् । नयाँ शक्ति नेपालको प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्न भट्टराई दाङ आउन लागेको नयाँ शक्ति नेपाल प्रदेश नंबर ५ का संयोजक सुरेन्द्र चौधरीले जानकारी दिए । भेला आईतबार बिहान ११ बजे घोराही नगरपालिकाको सभाहलमा हुने चौधरीले जानकारी दिए ।

brb-in-naya-shakti-nirman-abhiya

यसैबिच डा. भट्टराई सोमबार तुलसीपुर नगरसमितीको आयोजना गरेको खुला अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । अन्तरक्रिया तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा हुने तुलसीपुर नगर समितीका संयोजक बामदेब भुसालले जानकारी दिए । साथै उनले अन्तरक्रियामा सहभागी हुन सम्पुर्ण उद्योगी, ब्यापारी , पत्रकार , नागरिक समाज , मानवअधिकारकर्मी , शिक्षक , बिद्यार्थीलगाएतलाई अनुरोध पनि गरेका छन् ।