अमेरिका १५ साउन ।  अमेरिकामा नोबेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीकीे उम्मेदवार हिलारी क्लिन्टनको प्रचार अभियानसँग जोडिएका जानकारी ह्याक भएको छ ।

hillary

यो डेमोक्रेटिक पार्टीमाथिको अहिलेसम्मकै ठूलो साइबर आक्रमण रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । साइबर आक्रमणमा रुसी सरकारका लागि काम गर्ने एजेन्टको हात रहेको अमेरिकी अधिकारीले बताएका छन् ।

रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको आशंका गरिएको छ । रुसले भने आरोप अस्वीकार गरेको छ । यस अघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले क्लिन्टनको इमेल ह्याक गर्न रुससँग आग्रह गरेका थिए ।