काठमडौ १५ साउन ।  स्वास्थ्य क्षेत्रको सुधारको अभियानमा लागेका डा। गोविन्द केसीको अगुवाईमा आज काठमाडौको माइतिघर देखि बानेश्वरसम्मा प्रदर्शन जारी रहेकोे छ । डाक्टर केसीसँगै हिँडौं, भ्रष्टाचार बिरुद्ध उत्रौं’ भन्ने आह्वानका साथ प्रदर्शन भइरहको हो ।

imagesआज संसदीय सुनुवाइ समितिका अध्यक्ष र सदस्यहरूलाई अख्तियार प्रमुखले गरेका कार्यको सानो फेहरिस्त लिखित र सांकेतिक रूपमा बुझाउन डा केसी टोली प्रदर्शन उत्रिएको हो । गुणस्तरीय स्वास्थ्य सेवामा गाउँमा बस्ने सवा दुई करोड नेपालीको सजिलै पहुँच हुनुपर्छ भन्ने डा केसीको एकसूत्रीय माग हो ।

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १५ दिनसम्म अनसन बस्नुभएका डाक्टर केसीले सरकारसँग सहमति भएपछि अनसन तोड्नुभए पनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पूरा नभएको भन्दै अब खाएरै लड्ने दिन सुरु भएको बताउनुभएको छ ।