काठमडौ १५ साउन । सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया भोली टुङ्गिने भएको छ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको भोली बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गर्नेछ । गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरे पनि निर्णय भने गरेको थिएन । हिजो काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा परेकाले समितिको बैठक स्थगन भएको थियो ।

01022016084843supreme-court-building-BR1-1000x0

यसैगरी भोलीको बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूतका बारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने कार्यसूची निर्धारण गरिएको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ । उजुरी अध्ययनपछि उक्त समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ थाल्ने बताइएको छ ।