सिसहनियाँ १५ साउन । समाजमा हुने अपराधिक क्रियाकपाल न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य आबश्य रहेको सिसहनियाँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रहरी चौकी सिसहनियाँको आयोजनामा पहिलो पटक सिसहनयाँमा आयोजना गरेको नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
साथै उनीहरुले सिसहनियाँ गाविसका केहि वडा तथा टोलहरु शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन प्रहरी र नागरिक बीच साथीत्वको नाता हुनु पर्ने बताएका थिए । वक्ताहरुले प्रहरीहरु गाउँ गाउँमा गई नागरिक मैत्री कार्यक्रम सञ्चालन गर्ने सके प्रहरी र नगरिक बिचको सम्बन्ध अझ बलियो हुने बताएका थिए ।
प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिकको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी प्रमुख वैदिकले २०७२ माघ देखि हाल सम्मको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो जसमा सवारी दुर्घटनामा १ को मृत्यु, १२ घाइते, झुण्डिएर आत्महत्या १, आत्महत्याको प्रयास १, पानीमा डुवेर मृत्यु भएको १, चट्याङमा परी १ को मृत्यु ३ घाइते आगलागीबाट ३ घर नष्ट भएको जानकारी गराउनु भएको थियो ।
त्यसै गरि चौकीमा हाल सम्म झै झगडा, लेनदेन, र जग्गा सम्बन्धी विवाद १४ वटा दर्ता भएकोमा एक दुई वटा जटिल ्प्रकृतिका निवेदन मचकुर कार्यालयमा पठाईएको जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।।