जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । कांग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहउ र एमालेकी सुनिता बोहरालाई पाराजित गर्दै लामिछाने विजयी भएकी हुन् ।
लामिछानेले चार हजार दुई सय ७२ मत प्राप्त गर्दै उपमेयरमा निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसकी सिंहले तीन हजार एक सय ४७ र एमालेकी सुनिता बोहराले दुई हजार पाँच सय ४२ मत ल्याएकी थिइन् । यहाँ कांग्रेस विजयी भएको थियो ।