काठमाडौँ । रिक्त रहेका पदका लागि आज भएको स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको र ती स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्‍कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो।