तुलसीपुर । तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले आन्दोलनरत कर्मचारीलाई काममा फर्कन आग्रह गरेका छन् । नगर प्रमुख खड्काले आज एक अपिल जारी गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई आन्दोलन रोकेर काममा फर्कन आग्रह गरेका हुन् ।

तुलसीपुर उपमहानगरपलिको स्थानीय तहका कर्मचारीको तह वृद्धि सम्बन्धी कार्यविधि २०७८ बमोजिम तह वृद्धि भएका स्थानीय तहका कर्मचारी बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछी उपमहानगरमा काम प्रभावित भएको छ ।

उच्च अदालत तुलसीपुरको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लुम्बिनि प्रदेश लोकसेवा आयोगको निर्देशन बमोजिम कर्मचारीको तह वृद्धि सम्बन्धी निर्णय गरिएको उल्लेख गर्दै उनले सर्वोच्चमा बिचाराधिन मुद्दामा आगामी दिनमा सर्वोच्चकै आदेश स्थानीय सरकारले कार्यान्वयन् गर्ने स्पष्ट पार्नुभएको छ ।

आन्दोलनका कारण जनका काम प्रभावित भएको र दैनिक कार्य सम्पादनमा असजता उत्पन्न भएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै नगर प्रमुुख खड्काले वार्तामा आई न्यायिक निरुपणमा अघि बढ्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेका छन् ।