इन्द्रेणी संवाददाता
दाङ । प्रहरीले दाङमा चार जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क बस्ने ३५ वर्षका कमल नेपाली, घोराही ११ बस्ने ३८ वर्षका बाबुराम चौधरी र २० वर्षका धिरेन्द्र प्रताप विक र रोल्पा माडी गाउँपालिका २ घर भई हाल घोराही १३ बनगाउँ बस्ने २२ वर्षका विशाल पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुबाट जम्मा ११ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।