काठमाडौँ । सुनको मूल्य दैनिकजसो ओरालो लागेको छ । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।