काठमाडौं । मानव तस्करीको अभियोगमा कात्तिक २५ गते पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् एमालेका सांसद लीलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । यसै प्रकरणमा जोडिएका अरू ११ जनालाई जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले छुटकारा दिएको हो ।

अधिकारीविरुद्ध मुद्दा दर्ता गर्न प्रमाण नभेटिएको सरकारी वकिल कार्यालय काठमाण्डौले जनाएको छ । सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो ।

मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गएकोमा फिर्ता भएका थिए । यो प्रकरणमा पक्राउ परेकाहरूले लाखौं रकम बुझाएको बयान दिएका छन् ।