दाङ । दाङको आज विहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिव पौने ५ बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका ३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका – ६ का १९ वर्षीय सुरेश खड्का छन् । पाँच जना सवार जिप सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनामा ती दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीले जानकारी दिए।

घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षीया टीकादेवी वली, उनका १३ र १० वर्षका छोराहरू महेश र जीवन छन् । उनीहरुको थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर छ।