दाङ । लम्बिनी प्रदेशमा संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रदेश राजधानी व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको मात्रै नभएर स्थानीय बासिन्दाको पनि भएको बताएका छन् ।
प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित राजधानी शहर निर्माणबारे सरोकारवालासँगको छलफल कार्यक्रममा पोख्रेलले भविश्य पुस्तालाई सुविधायुक्त जीवन र सुविधा सम्पन्न शहर सुम्पिने दायित्व सबैको भएको बताए ।
“कसैले त्याग नगर्दा सम्म राम्रो शहर बन्न सक्दैन होइन भने जे बनाउन खोजेका छौं त्यो बन्दैन”, उनले भने, “भर्जिनल्याण्डमा आउनुको कारण आधुनिक शहर निर्माणको उद्देश्य हो । सुरुमा गरिएको राजनीतिक प्रतिबद्धता हामी सबैले स्मरण गरौं ।”
राजधानी शहर निर्माणका लागि निर्माण भएको गुरुयोजनाको कार्यान्वयनबाट नै भविश्यको सुविधा सम्पन्न शहर बनाउन सकिने महासचिव पोख्रेलको भनाइ छ ।











