धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट नौ जना थुनुवा फरार भएका छन् । उनीहरु आज बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेको प्रहरीले जनाएको फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेका छन् । भागेका मध्ये एक जनालाई नियन्त्रणमा लिएको छ ।

फरार हुनेमा लागु औषध मुद्दाका जनकपुर उपमहानगरपालिका २० रुपैठाका अमित कुमार झा, धनुषा गिद्धा नपा ७ का रञ्जित मण्डल र रोशनकुमार मण्डल, धनुषा औरही गाउँपालिका २ का विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका महोत्तरी जलेश्वर नपा ५ का सत्यम झा, जनकपुर उपमहानगरपालिका १ का सुमित मेस्तर र वडा नं ४ का शेखर कार्की तथा धनुषा नगराइन नपा २ का मनिष मण्डल र सिरहा नपा १३ का अभाष्करकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

थुनुवा कक्षको सुरक्षाका लागि ५ जना प्रहरीको २४ घण्टे डिउटी गर्दै आएका छन् । धनुषा प्रहरीमा महिलाका लागि एकसहित ३ वटा हिरासत कक्षमा ५९ जना थुनुवा रहेका छन् । फरार भएकाहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।