काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भागका लागि अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ।
सोमबार बिहान न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ। भेटपश्चात प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन्।
