दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको दंगीशरण गाउँपालिका ३ चखौरामा रहेको थारु सांस्कृतिक संग्राहलयको अवलोकन गरेका छन् ।
पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रितिरिवाज, भेषभुषासहित परम्परागत रुपमा प्रयोग हुदै आएका तर, हाल लोप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ ।
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको यो संग्राहलयमा थारु समुदायको जन्म, मृत्यु, विवाह लगायतका संस्कारसंँग जोडिएका परम्पराहरुलाई चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।
पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिको सोधकर्ताहरुको आकर्षणको थलो बन्दै गएको छ ।
विद्यार्थीहरु थारु समुदायको संस्कार अध्ययन गर्न आउने गरेको थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिए ।
संग्रहालय अवलोकन गर्न भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा लगायतको उपस्थिति रहेको थियो ।












