काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । आज दिउँसो प्रसाईं भक्तपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की बताएका छन् ।

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ । प्रसाईंलाई साइबर ब्यूरोमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।