दाङ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएका १४ वटा डाइलासिस मेसिन मध्ये अहिले आठ ओटा मात्रै सञ्चालनमा छन् । ६ ओटा भने विग्रिएर थन्किएका छन् । डाइलासिस गर्ने विरामीको चाप बढ्दै जानु र सबै मेसिन सञ्चालन नहुँदा विरामीलाई सेवामा सास्ती भएको छ ।

अहिले अस्पतालमा ७० जना विरामी डाइलासिस सेवा लिइरहेका छन्। ३० जना पालो कुरेर बसेका छन्। दिनमा ३ सिफ्टमा बिरामीलाई सेवा दिँदै आएपनि केही मेसिन विग्रिएर थन्किदा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पतालका डाइलासिस वार्ड इन्चार्ज लिना भडेलका अनुसार आवश्यकता अनुसार मेसिन पर्याप्त नहुँदा हप्तामा ३ पटक डाइलासिस गर्ने बिरामीलाई दुई पटक मात्र गर्ने गरेका छन् ।

मेसिन बिग्रिएपछि इञ्जिनियर आएर जाँच गर्दा ५ ओटा पूर्ण रुपमा विग्रिएको र एउटा मात्रै बन्ने अवस्थामा भएको इञ्जिनियरहरुले बताएका छन् । भएका मेसिन विग्रिएर थन्किएपछि डाइलासिस मेसिन थप गर्न प्रदेशको स्वास्थ्य मन्त्रालय माग गरेको अस्पतालले जनाएको छ ।

सामान्यतया मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि मिर्गौलामा भएको विकार वस्तु मेसिनको सहायताले निकालेर सफा गर्ने पद्धतिलाई डायलाइसिस भनिन्छ ।