न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीदे संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन् । शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएको ओलीले शनिबार नै दिउँसो स्थानीय समय अनुसार ३:१५ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव गुटेर्रेससँग भेटवार्ता गरेका हुन् ।
यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गरेका थिए । यसैबिच शनिबार साँझ नै राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ । क्यानडामा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा शनिबारै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९:४५ बजे न्युयोर्क पुगेका थिए ।
