इन्द्रेणी संवाददाता
दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १८ का २२ वर्षिय श्रवण कुमार पुन र मोटरसाइकलमा सवार घोराही ४ बस्ने २१ वर्षका विनोद केसी रहेका छन् ।

लमहीबाट घोराही तर्फ आउने क्रममा रा ८ प २९४० नम्बरको मोटरसाइकल आज विहान करीव सवा ७ बजेतिर बेलदमारमा दुर्घटना हुँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।